Monday, November 14, 2011

गजल --५१


गुरु लाई शिक्षा दिने चेला देखेँ मैले
बुद्धिजिबि भनाउदाका भेला देखेँ मैले

अरुलाई होँच्याउन हुन्न भन्ने हरु
आफै अघि सरि बोल्ने बेला देखेँ मैले

सबै लाई दिऊ मौका भन्ने को छ यहाँ ?
रमीता नै पारी दिने मेला देखेँ मैले

जान्ने हरु गम्मक रे नजान्ने पो चम्के
एक माथी अर्को भारी खेला देखेँ मैले

बदलियो 'कल्पना'को सोच सबै यहीँ
जाल बुन्दै दिएका ती झेला देखेँ मैले